Logo

शनिवारदेखि लागु हुनेगरि प्रतिलिटर ६ रुपैयाँले बढ्यो दुधको मुल्य

काठमाडौं । सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने भएको छ । दूग्ध विकास संस्थानले महंगीका कारण किसानको लागत बढेको भन्दै दुधको मुल्य बढाएको जनाएको छ ।

कृषिमन्त्री चक्रपाणी खनालले प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ती जनाएपछि स्थगित भएको थियो ।

बिहीवार कृषिमन्त्री चक्रपाणि खनालले दूधको मूल्य बढाउने फाइल स्वीकृत गर्नुभएको छ । फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । आजकै बोर्ड बैठकले बढेको मुल्यलाई सदर गर्ने भएको छ ।

बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानले र ३१ प्रतिशत डेरीहरुले पाउने भएका छन । शनिबारबाटै नयाँ मुल्य लागू हुने भएको छ ।

२०७६ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com