Logo

टानको निर्वाचन सम्पन्नः अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर सुवेदी निर्वाचित

काठमाडौं । पर्यटन व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर सुवेदी  निर्वाचित हुनुभएको छ ।

शुक्रवार काठमाडौंमा सम्पन्न निर्वाचनमा सुवेदीले सत्तारुढ निकटको प्यानलका उम्मेद्वार अञ्जन थापा (कुमार) पराजित गर्नुभएको हो ।
सुवेदीले ५२१ मत ल्याएका थिए भने पराजित थापाले ४३८ मत पाउनुभएको थियो ।

महासचिवमा थापा प्यानलकी सरिता लामा बिजयी भएकी हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा निर्वाचित हुनुभएको छ । यी सबै अध्यक्ष सुवेदी प्यानलकै हुन ।

त्यसैगरि सचिवमा सुवेदी प्यानलकै थापा समुहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोटा, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी हुुनुभएको छ ।

२०७६ भदौ २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com