Logo

उपत्यकामा भोलिदेखि विद्युतीय बस चल्ने, गौशालाबाट यसरी गरिँदै छ उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातको रूपमा विद्युतीय बस चल्ने भएका छन ।

सोमवारदेखि सुन्दर यातायात प्रालिले चिनियाँ कम्पनी बिएकेले उत्पादन गरेका बीएके ब्राण्डका ४० सिट क्षमताका बस चलाउन लागेको हो ।

कम्पनीले ७ ओटा बस सञ्चालन गर्ने तयारी गरेपनि हाललाई ४ बस मात्रै चल्नेछन । सोमवार उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गौशाला चोकमा बसको उद्घाटन गर्नु ।

उद्घाटनपछि सोमवार दुईओटा बस चाबहिल र दुईओटा बस एयरपोर्ट हुँदै चक्रपथमा चल्ने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो ।

सुन्दर यातायातका बसहरु चक्रपथ परिक्रमा, नारायणथान–मेडिसिटी अस्पताल, गोंगबु–सल्लाघारी र ढुंगेअड्डा–जोरपाटी गरी चार ओटा रुटमा चल्नेछन । बाँकी तीन बस अन्य रुटमा चल्ने र रुट पर्मिटको काम भइरहेको थापाले बताउनुभयो ।

२०७६ भदौ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com