Logo

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि ७० जना कर्मचारी

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ५ पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।

माग गरिएका मध्ये सवै कर्मचारी अधिकृत स्तरका हुन । कैन्द्रिय कार्यालयका लागि ३० जना अफिसर, १२ जना व्रान्च म्यानेजर १५ जना रिलेसनसीप म्यानेजर, ८ जना आन्तरिक लेखापरीक्षक र पाँच जना चार्टर्ड एकाउन्टेन्टको पदमा आवेदन खुला गरेको छ ।

केन्द्रिय कार्यालयका ३० जना अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिर्ण गरि एक वर्ष अनुभवी हुनुपर्ने बैैंकले जनाएको छ । त्यस्तै, १२ जना शाखा लागि पनि सोही बमोजिम योग्यता हासिल गरेको हुनुपर्ने छ ।

त्यसैगरि ब्रान्च म्यानेजर उपत्यकाभित्र तथा बाहिरका विभिन्न जिल्लामा स्थापना भएका शाखा कार्यालयमा काम गर्नुपर्ने छ । १५ जना रिलेसनसीप म्यानेजर पदका लागि आवदेन दिन चाहानेले कम्तीमा स्नातक उत्तिर्ण गरि दुई वर्षको अनुभवी हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले ८ जना चार्टर्ड एकाउन्टेन्टमा जागिर खान चाहानेहरले १५ दिन भित्र बैंको वेवसाइट https://jbbl.com.np/ मा अनलाइन बाट आवेदन दिन सक्ने छन ।

२०७६ भदौ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com