Logo

६०% हकप्रद अनुमति माग्न प्रुडेन्सियल इन्सुरेन्स पुग्यो धितोपत्र बोर्डमा

काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सले ६०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हाल यसको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रुडेन्सियलले हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

प्रुडेन्सियल इन्सुरेन्सले गत आवको अन्त्यसम्ममा १३ करोड १७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।  प्रतिसेयर आम्दानी २० रुपैयाँ ५३ पैसा रहेको प्रुडेन्सियलको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ ७१ पैसा छ ।

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com