Logo

धादिङको हाइवेमा खुल्यो यत्तिको सुविधा सम्पन्न होटेल

धादिङ । राजमार्गमा खाना तथा बासको लागि स्तरीय होटलको खोजीमा रहेका ग्राहकहरुलाई लक्षित गरि होटल महाशक्ति शनिवारदेखि संचालनमा आएको छ ।

धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले होटल महाशक्ति संचालनमा ल्याउनुभएको हो । गजुरी गाउँपालिकाको गजुरी वजारमा शनिवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले होटलको उद्घाटन गर्नुभएको थियो ।

होटलमा ५ वटा एसि र ८ वटा साधारण व्यवस्थित सुविधा सम्पन्न कोठा रहेका छन ।

विभिन्न परिकारका भोजन, सेमिनार हल, पार्किङको सुविधा, इन्टरनेट, हरेक कोठामा टेलिभिजनको सुविधा रहेको संचालक डल्लाकोटीले जानकारी दिनु भयो ।

लोकनाथ डल्लाकोटी धादिङ जिल्लामा डिजिटल कलर ल्याव सेवा शुरुवात गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । महाशक्ति इन्टरनेशनल प्रा.लि. मार्फत व्यापारिक कार्य संचालन गर्दै आईरहनु भएको छ ।

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com