Logo

ओराली यात्रामा सुनको भाउ, आज फेरि ७ सय रुपैयाँले घट्यो

काठमाडौं । धमाधम बढिरहेको सुनको मुल्य नेपाली बजारमा  उत्तारचढाप भईरहेको छ । सोमबार २ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ मंगलवार फेरि ७ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य ७१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको  हालसम्मकै उच्च मुल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।

पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन। नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com