Logo

गण्डकी प्रदेशमा भ्रष्ट्राचारी वर्गीकरण ! हेर्नुहोस कुन जिल्लाको कति नम्बर

काठमाडौं । गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै भ्रष्टचार कास्कीमा हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखारामा परेका उजुरीका आधारमा कास्की पहिलो भ्रष्टचार हुने जिल्लाको रुपमा सुचिकृत छ ।

त्यस्तै कार्यालयका अनुसार द्रोस्रोमा पर्वत, तेस्रोमा तनहुँ त्यसपछि क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर छ ।

उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजस्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।

स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन ।

गण्डकी प्रदेशभरि कुल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फर्छयौट भइसकेका आयोगले जानकारी दिएको छ ।

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com