Logo

मंसिरदेखि १० प्रतिशत भ्याट फिर्ता

काठमाडौं । सरकारले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना अनुसार मंसिरदेखि १० प्रतिशत भ्याट फिर्ता हुने छ ।

आगामी मंसिरसम्ममा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता हुनेछ ।

यो व्यवस्थाअनुसार भुक्तानीकर्ताको बैंक खातामा फिर्ता रकम जम्मा हुनेछ। त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी नहुने बजेटमा उल्लेख छ ।

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com