Logo

बुधवार पनि नेप्सेमा गिरावट कायमै, यस्तो छ आजको कारोवार

काठमाडौं । साताको चौथो दिनसम्म आइपुग्दा सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३ अंकको गिरावट आएको छ ।

आज नेप्से ३.४६ अंकले घटेर १ हजार १६३.२१ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर २ सय ५४.७८ अंकमा पुगेको हो ।

नेप्से घटेको दिन बजारमा १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता सेयर ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँमा कारोबार भए ।

बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये म्युच्युएल फण्ड समूह थोरै अंकले उकालो लागेको छ भने बाँकी सबै समूह ओरालो लागेको थियो ।

नेप्से घटेको दिन बजारमा सोल्टि होटलको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ५५ लाख १ हजार ६५२ रुपैयाँमा कारोबार भएको हो । यसदिन घलेम्दी हाइडोका लगानीकर्ताले सर्वाधिक कमाए ।

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com