काठमाडौैं । दर्ता भएको ८ महिनापछि लोकसेवा आयोग विधेयक २०७५ संसदमा पेस भएको छ ।लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएको हो ।
बुधबारको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गएको पुस २४ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । दर्ता भएको ८ महिनापछि छलफलका लागि विधेयक संसदमा पेस भएको हो ।
२०७६ भदौ २५ गते प्रकाशित
वि.सं.२०७६ भदौ २५ बुधवार १७:१७ मा प्रकाशित