हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
रवि लामिछाने र पत्रकार युवराज कंडेलको तर्फका कानुन व्यवसायीको निवेदनका आधारमा उच्च अदालत पाटनको‚ हेटौँडा इजलाशमा हुने सुनुवाइ स्थगित भएको हो ।
बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा यो मुद्दाको सुनवाइ हुने तय भएको थियो ।
लामिछाने र कंडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको‚ हेटौँडा इजलाशले जनाएको छ ।
अर्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार बिकास श्रेष्ठले जानकारी दिनुभयो ।
२०७६ भदौ २६ गते प्रकाशित
वि.सं.२०७६ भदौ २६ बिहीवार १२:३७ मा प्रकाशित