Logo

प्राइम र कन्काईबीच एक्विजिसन प्रक्रिया सकियोः आइतबारबाट एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएको छ । प्राइमले कन्काईलाई खरिद गरी आइतबार (भदौ २९ गते) बाट एकीकृत कारोबार समेत सुरु गर्ने भएको छ ।

प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा एक भएका हुन् । अब प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थियो ।

एकीकृत कारोबार हुनुअघि प्राइमको ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपैयाँ र कन्काईको ५१ करोड ५० लाख रुपैयाँ पुँजी रहेको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com