back
NMB ad

बाफिया संशोधनका लागि संसदमा पेशः यस्तो छ संशोधित बाफिया

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार संसदमा पेश गर्नुभएको छ ।

यो सहित अर्थमन्त्रीले अन्य चार विधेयक पनि संसदमा दर्ता गराएका गराउनुभएको छ । अर्थमन्त्रीले धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि दर्ता गराउनुभएको हो ।

बाफिया संशोधन हुनु पहिले सम्बन्धित संसदीय समितिहरुमा जानेछ । समितिमा छलफफल भएर सुझाव सहित संसदमा फर्कन्छ र सदनले पारित गर्नेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पेश हुनेछ । राष्ट्रपतिबाट प्रमाणीकरणपछि उक्त विधेयक ऐन बन्छ ।

बाफिया संशोधनमा बैंकर्स र व्यवसायीलाई अलग अलग गर्ने विधि प्रस्तुत छ भने बैंक सञ्चालकहरुको योग्यता र उमेरहदमा नयाँ नियम सिफारिस गरिएको छ ।

बाफिया शंसोधनको मुख्य बुँदाहरूमा राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थामा सीइओ नियुक्ति र बर्खास्ती गर्न नपाइने,बैंक सन्चालकहरूको न्यूनतम योग्यता स्नातक हुनुपर्ने,डेपुटी गर्भनरको कुलिङ पिरियड दुई बर्ष हुने,कार्यकारी निर्देशक र अधिकृतको कुलिङ पिरियड नहुने,गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा योग्य हुन ३५ बर्षदेखि ६५ बर्ष्विचको उमेर हुनुपर्ने,राष्ट्रबैंकलाई संघीय स्वरूपमा लगिने,राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको पनि नियमन गर्ने, समस्यामा परेका बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग गरी उकास्नका लागि वित्तीय स्थायित्व कोष गठन गरिने लगायत छन ।

बाफिया संशोधनमा समेटिएका विषयवस्तु यस्तो छ

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/637038848270380338.pdf”]

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार १४:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...