back
NMB ad

लगानीकर्ताको मनोवल घटाउँदै शेयर बजारको यस्तो रह्यो ६ दिने ओरालो यात्रा

Kumari bank ad

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । कारोबार दिनको छैठौं दिनसम्म पनि शेयर बजारले सुधारको लय समात्न सकिरहेको छैन ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दुमा सीमित भएको छ । नेप्से सूचक घटेपनि लक्ष्मी बैंकको संस्थापक शेयर म्याचिङ्गले कारोबार रकममा भने सुधार देखिएको छ ।

बिहीबार १६८ कम्पनीको १५ लाख ५६ हजार ७९० कित्ता शेयर किनबेच भएर ३७ करोड ६१ लाख रुपैयाँको कारोबार भयो । यो बुधबारको तुलनामा ३ करोड ४२ लाख रुपैयाँले बढी हो । बुधबार ३४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

कारोबारमा आएका ११ उपसमूहका सबै सूचक ऋणात्मक देखिएका छन । निर्जीवन बीमा समुहको सूचक सबै भन्दा धेरै ३४.२५ अंकले घटेको छ । यस्तै जीवन बीमाको ३३.८६, होटल्सको २४.५३ र बाणिज्य बैंकको २.७९ अंकले घटेको छ ।

बिहीबार लक्ष्मी बैंकको संस्थापक शेयर सबै भन्दा धेरै ४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआईसी एशियाको ३ करोड ५४ लाख, कुमारी बैंकको २ करोड ६२ लाख, नेपाल बैंकको २ करोड २ लाख, छिमेक लघुवित्तको संस्थापक शेयर १ करोड ४९ लाख र कृषि विकास बैंकको १ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन कालिका पावरको शेयरमूल्य सबै भन्दा धेरै ५ प्रतिशतले बढेको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य र ङादी ग्रुपको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

बिहीबारको कारोबारबाट अरुण भ्याली हाइड्रोपावरका शेयरधनीहरुले सबै भन्दा धेरै ६.७९ प्रतिशतले गुमाएका छन । यस्तै हिमालयन उर्जाको शेयरमूल्य ६.५० प्रतिशत र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशतले घटेको छ ।

अरुण कावेली पावर, घलेम्दी हाइड्रो र पाँचथर पावरको शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार १६:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...