काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैंठकले १३ प्रतिशत वोनस शेयर तथा शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने छन ।
कम्पनीले गत साउनमा सर्वसाधारणका लागि आईपीओ जारी गरी विक्री गरेको थियो । वोनस वितरणपछि लघुवित्तको चुक्तापूँजी रू.१८ करोड ६४ लाख ५० हजार पुग्नेछ ।
२०७६ भदौ ३० गते प्रकाशित
वि.सं.२०७६ भदौ ३० सोमवार १२:२८ मा प्रकाशित