काठमाडौं । सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १५.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ । सिद्धार्थको हाल चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।
२०७६ भदौ ३१ गते प्रकाशित
वि.सं.२०७६ भदौ ३१ मंगलवार ११:०९ मा प्रकाशित