काठमाडौं। आजैको मितिबाट लागु हुनेगरी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यसबाट ७० वर्ष नाघेका बृद्दबृद्दालाई सुबिधा मिल्ने छ ।
अहिलेलाई सरकारी स्वामित्वको विमान कम्पनि नेपाल एयरलाइन्सबाट भएपनि भविष्यमा निजि कम्पनिहरुमा पनि सुबिधा दिने उदेश्य लिइएको छ । आज बुधबारबाटै लागु हुने गरि जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सह प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो।
यस प्रकारको निर्णय भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्बजनिक गर्नुभएको हो ।
२०७६ असोज ०१ गते प्रकाशित
वि.सं.२०७६ असोज १ बुधवार १८:२५ मा प्रकाशित