Logo

४०.६३ प्रतिशत लाभांश वितरण गर्दै उन्नति माइक्रोफाईनान्स

काठमाण्डौं । उन्नति माइक्रोफाईनान्सले  गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले कूल ४०.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

असोज १ गते बुधबार साँझ बसेको लघुवित्त कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजन् सहित २.०३ प्रतिशत नगद लाभांश गरि कूल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ ।

हाल ८ करोड ८२ हजार ७५ लाख चुक्ता पूँंजी रहेको कम्पनीको ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

२०७६ असोज ०२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com