back
NMB ad

यी ठाउँमा पाइन्छ दशैँमा सुकिला अनि नयाँ नोट साट्न, एक व्यक्तिले १८ हजार ५००

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ ।

बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी आगामी बडा दसैं, २०७६ को अवसरमा यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकासहित देहायका शाखा कार्यालयहरुबाट २०७६ असोज १० गतेदेखि १७ गतेसम्म रु ५, रु १०, रु २०, रु ५० र रु १०० का दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम रु १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराइने व्यहोरा जानकारी गराइएको छ,” राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंमा नयाँ नोट पाइने स्थानः

  1. नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा ।
  2. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु, सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा ।
  3. कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरुः गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा

यसबाहेक अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नयाँ नोट उपलब्ध हुने छ ।

२०७६ असोज ०३ गते प्रकाशित

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...