Logo

ह्वावे दशैं अफर,बाली र थाइल्याण्ड भ्रमण

काठमाण्डौं । ह्वावे नेपालले यस पालीको दशैंमा आफ्नो ग्राहकहरुको लागि खुशीको बहार लिएर आएको छ । जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकहरुले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनको लागि ह्वावे फोन किनेपछि IMEI नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ । सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्ने, लक्की ड्र द्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिने ह्वावेले जनाएको छ ।

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्ने पनि बताइएको छ ।

२०७६ भदौ ०३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com