back
NMB ad

बैंकमा पैसा अभाव, गाडीको आयात मुख्य कारण !

Kumari bank ad

काठमाडौं । गत वर्ष असोज दोस्रो सातादेखि सुरु भएको लगानीयोग्य पैसा अभाव यो वर्ष असोज लाग्दा नलाग्दै सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाले भदौमा उच्च स्तरमा कर्जा प्रवाह गरेपछि अहिले तरलता अभाव भएको बैंकरले बताएका छन ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत भदौमा वाणिज्य बैंकको कर्जा ४२ अर्ब रुपैयाँ बढ्यो । यो अवधिमा निक्षेप भने पाँच अर्बमात्रै बढेको छ । असारयताको तथ्यांक हेर्दाे दुई महिनामा वाणिज्य बैंकमा निक्षेप १३ अर्ब घटेको छ भने कर्जा ४६ अर्ब रुपैयाँ बढेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार मुलुकको वित्तीय प्रणालीमा ३२ अर्ब रुपैयाँमात्रै अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले भुक्तानी सुरक्षाका लागि राख्नुपर्ने न्यूनतम रकमबाहेकको पैसालाई अधिक तरलता भन्ने गरिन्छ ।

यो पैसा लगानी गर्न सकिन्छ। तर यो रकम नेपाली वित्तीय प्रणालीको कुल निक्षेपको १ प्रतिशतभन्दा पनि कम हो । राष्ट्र बैंककै तथ्यांकअनुसार गएको असार मसान्तमै बैंक तथा वित्तीय संस्थामा ३२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थियो।

निक्षेपको १ प्रतिशत मात्रै अधिक तरलता हुने अवस्थाले तरलता समस्या सुरु भएको देखाउँछ। लगानीयोग्य पैसाको अभाव चर्किँदै गएपछि केही दिनयता बैंकहरूबीच हुने अल्पकालीन कारोबारको ब्याजदर (अन्तरबैंक दर) ५ प्रतिशत पुगेको छ ।

निक्षेप घट्ने र कर्जा बढ्ने विरोधाभाषले बैंकलाई थप लगानी गर्न नसक्ने अवस्थातर्फ डोर्याइरहको बैंकर नै बताउँछन । यसरी पहिलो आर्थिक वर्ष सुरु भएको दुई महिनामै पैसाको अभाव चुलिनुमा गाडीको आयात मुख्य कारण हुनसक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन ।

‘अहिलेसम्म समष्टिगत रूपमा कुन क्षेत्रमा कति पैसा लगानी भयो भन्ने तथ्यांक आइसकेको छैन’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट भन्छन, ‘तर त्यो पनि एउटा कारण चाहिँ हो ।’-अन्नपुर्णपोष्टबाट

वि.सं.२०७६ असोज ३ शुक्रवार १२:२४ मा प्रकाशित

You can share this post!

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...