back
NMB ad

राष्ट्र बैंकले गर्यो १२८ बैंक तथा वित्तीय संस्था खारेज

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मर्जर तथा प्राप्तिको प्रक्रिया सुरु गरेपछि १ सय २८ बैङ्क तथा वित्तीय संस्थाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।

केन्द्रीय बैङ्कले २०७२ मा ल्याएको मौद्रीक नीति मार्फत चुक्तापुँजी बढाउने निर्णय गरेपछि १ सय ७१ ओटा बैङ्क तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रकृयाद्वारा ४३ ओटामा सीमित भएका छन ।

गाभ्नेरगाभिने तथा प्राप्ति पछि राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुको संख्या पनि १ सय ७१ नै रहेको छ ।

अहिले वाणिज्य बैङ्क २८, विकास बैङ्क २९, वित्त कम्पनी २३, लघुवित्त वित्तीय संस्था ९० र १ पूर्वाधार बैङ्क रहेको राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कले मर्जरमा जोड दिएकाले संख्या अझै घट्ने देखिएको छ ।

ग्लोबल आईएमई बैङ्क र जनता बैङ्कले मर्जरमा जाने सहमति गरेका छन । त्यस्तै कैलाश विकास बैङ्कलाई प्राइम कमर्शियल बैङ्क प्राप्ति गर्दै छ ।

हालसम्म ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ३६ मा बैङ्कको उपस्थिती भइसकेको छ । शाखा सञ्जाल बढेर ८ हजार ६८६ ओटा पुगेको छ । एटीएम सेवा पनि विस्तार भई ३ हजार ३१६ ओटा पुगेको छ ।

२०७६ असोज ०३ गते प्रकाशित

वि.सं.२०७६ असोज ३ शुक्रवार १३:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...