Logo

भर्खरै प्रकाशन गर्यो शिक्षक सेवा आयोगले थप जिल्लाका प्रावि तहको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले पछिल्लो धादिङ र सिन्धुली जिल्लाका प्रावि तहको नतिजा सार्वजनिक गरेको छ । पछिल्लो समय आयोगले थप २ जिल्ला सहित ६० जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

भदौ १८ गतेदेखि आयोगले निरन्तर नतिजा सार्वजनिक गरेको छ । पछिल्लो समय बिहीवार थप सिन्धुपाल्चोक, तनहुँ, गोरखा र सर्लाही जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले अब १७ जिल्लाको नतिजा सार्वजनिक बाँकी छन ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।

साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

156898067219. Final_Result20760603 Sindhuli
156898070426 Final_Result20760603 Dhading

२०७६ असोज ०३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com