back
NMB ad

सेयर धनीलाई पौने तीन अर्ब बोनस बाड्ने नेप्सेमा सुचिकृत यी १३ कम्पनी, हेर्नुहोस् ! कसको कति? (सुचिसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएपछि साउनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका मध्ये १३ ओटा कम्पनीको बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएका छन।

बैङक, वित्त, जलविद्युत र बिमा गरी २ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड ८५ लाख कित्ता बोनस सेयर दिएका छन । बोनस सेयर नेप्सेमा सुचिकृत भइ कारोबार भइरहेको छ ।

सबैभन्दा बढी बोनस सेयर दिनेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेका छन ।सबैभन्दा कम सेन्चुरी कमर्शियल बैङकको छ ।

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख ३१ हजार रुपैयाँ बराबरको ४६ लाख २९ हजार कित्ता बोनस सेयर जारी गरेको छ ।

यस्तै प्रिमियर इन्स्योेरेन्स कम्पनी लिमिटेडले ८४ प्रतिशत अर्थात ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको ४९ लाख ५ हजार कित्ता बोनस सेयर जारी गरेको छ ।

सबैभन्दा कम सेन्चुरी कमर्शियल बैङ्कको छ । सेन्चुरीले सेयरधनीलाई २ प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँको बोनस सेयर जारी गरेको बोर्डले जानकारी दिएको छ ।

यस्तै उन्नति माइक्रोफाइनान्स संस्था लिमिटेडले ४०.५ प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँको बोनस सेयर जारी गरेको छ । बैङक तथा वित्त र बिमा कम्पनीहरुले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन ।

न्युनतम पुँजी पुर्याए पनि बैङ्कहरुले पुँजीगत आधार बलियो बनाउन सेयरधनीहरुलाइ बोनस सेयर जारी गरेका छन ।कम्पनीहरुले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिदै आएका छन ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/HUVWbrzQSldosNsTKfDmxhpGEEcMcegJr4PM0og5.pdf”]

२०७६ असोज ०४ गते प्रकाशित

वि.सं.२०७६ असोज ४ शनिवार ०८:४१ मा प्रकाशित

You can share this post!

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...