Logo

बैंक ठगी कसुरमा सिआइवीले बुझायो यी १६ जना विरुद्ध सरकारी वकिललाई मिसिल (सूचि सहित)

काठमाडौं । नक्कली धितो देखाई बैंक ठगी गर्ने अभियुक्त सहित संलग्न १६ जना विरुद्ध केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । व्यूरोको अनुसन्धान प्रतिवेदनमा हदैसम्मको सजायँ मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरिएको व्यूरोले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बैंक अफ काठमाडौंका शाखा प्रमुख प्रतिक श्रेष्ठको जाहेरीको आधारमा ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रा.लिका संस्थापक एवं सञ्चालक सुरेन्द्र श्रेष्ठले बैंकबाट कम्पनीको नाममा झापाको कित्ता नं. ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गा झुठ्ठा विवरण, लिखत र नापी नक्सा मिलाई बैंकमा पेश गरी २ करोड ५० लाख बाह्र हजार सन्तानब्बे बराबरको हानी नोक्सानी पुर्याएको उल्लेख छ ।

विभिन्न मितिमा पक्राउ पर्नेमा सञ्चालक श्रेष्ठ सहित संलग्न ११ जना छनर भने पाँच जना फरार रहेको व्यूरोका प्रवक्ता बेल बहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख ।

हेर्नुहोस अभियुक्तहरुको सूचि

P2_BankingFraud20760607

२०७६ असो ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com