काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार खुला भएको छ ।
आइतबारदेखि यस बैंकको कारोबार खुला भएको हो । यस संस्थाको सेयर अब भने दोश्रो बजारमा किनबेच गर्न मिल्ने भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले यसको पहिलो कारोबारको लागि मूल्य तोकेको छ । नेप्सेले सप्तकोशीकोे पहिलो कारोबारको लागि प्रतिकित्ता १४३ रुपैयाँ मूल्य तोकेको हो ।
२०७६ असोज १३ गते प्रकाशित
वि.सं.२०७६ असोज १३ सोमवार १४:२९ मा प्रकाशित