back
NMB ad

आज देखि नीजि व्यापारीले भन्दा निकै सस्तोमा खसी र च्याङ्ग्रा बेच्दै खाद्य संस्थान

Kumari bank ad

काठमाडौँ । नेपाल खाद्य संस्थानले निजी क्षेत्रको भन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ। खाद्य संस्थानले सोमबार देखि खसी र च्याङग्रा बिक्री सुरु गरेको हो ।

व्यवसायीले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बिक्री गर्दै आएको मा संस्थानले जिउँदो खसीको मूल्य किलोको ५ सय ६० रुपैयाँ र च्याङग्रा ७ सय ४० रुपैयाँ तोकेको छ । संस्थानको आज बसेको बैठकले जिउँदो खसीको मूल्य किलोको ५ सय ५० रुपैयाँ र च्याङग्रा किलोको ७ सय ३० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यो मूल्यमा सरकारले १० रुपैयाँ अनुदान दिएका कारण थप सहुलियत हुन सकेको छ ।

मूल्य हस्तक्षेप गर्नका लागि संस्थानले दशैंमा तीन हजार खसीरच्याङग्रा ल्याएर बिक्री गर्ने गरेको छ । संस्थानको यो कार्यले निजी व्यवसायीले अस्वभाविक मूल्य निर्धारण गर्न कुरामा रोक लगाएको छ । बजार भाउ भन्दा सस्तोमा खसी र च्याङग्राको मूल्य निर्धारण गरिएको संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताउनुभयो । सरकारले व्यापार नगर्ने बताउँदै भएतापनि यो सांकेतिक रुपमा बजार हस्तक्षेप गरिएको उहाँको भनाइ छ ।

संस्थानले गौचनका अनुसार हेटौंडाका किसानसँग किलोको ५ सय ७० रुपैयाँ र दाङका किसानबाट किलोको ५ सय ३५ रुपैयाँमा किनेर ल्याइएको हो। हेटौंडा र दाङबाट खसी किनेर ल्याइएको र सोमबार सम्म ३७० खसीरबोका र ५५० च्याङ्ग्रा काठमाडौं आइसकेको समेत बताइएको छ। बाँकी खसी र च्याङग्रा समेत बाटोमा रहेको र केही दिनभित्रै काठमाडौं आइपुग्ने संस्थानले जनाएको छ ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...