Logo

किसानले पाउने भए पेन्सन !

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय पत्र वितरणको काम तत्काल शुरु गर्न लागिएको जानकारी समेत दिनुभयो ।

राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले किसानलाई परिचय पत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पार्नुभयो ।

त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाइ छ । मन्त्री खनालले किसानलाई परिचय पत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

२०७६ असोज १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com