back
NMB ad

महराको एकपछि अर्को राजिनामाः प्रतिनिधि सभाको वेभ साइटबाट हट्यो नाम

Kumari bank ad

काठमाडौं । यौन दुराचारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट दोस्रो राजीनामा पत्र बुझाएका छन। उनले मंगलबार पुनस् सभामुखको जिम्मेवारीमा फर्कन सक्ने शर्तसहितको राजीनामा दिएका थिए ।

महराले आफ्ना स्वकीय सचिवमार्फत पठाएको पहिलो राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाङ्फेले लिन मानेकी थिइन ।

उनले महराको स्वकीय सचिवलाई दोहोर अर्थ लाग्ने शब्द हटाएर राजीनामा लेख्न लगाएको उप सभामुखको निकट स्रोत जानकारी दिएको छ ।

स्रोतका अनुसार महराले पहिला बुझाएको राजीनामा पत्र उपसभामुखले लिन नमानेपछि सोही मितिमा दोस्रो राजीनामा पत्र पठाएका हुन।

यस्तै, संघीय संसद सचिवालयको वेभ साइटमाबाट कृष्णबहादुर महराको नाम हटाएको छ । उनीमाथि करणी गरेको आरोप लागेसँगै सभामुख पदमा रहेको नाम हटाएको हो ।

महराले मंगलबार दिउँसो उपसभामुख शिवमाया तुम्वाहाङ्फे समक्ष राजीनामा पत्र बुझाएका थिए । उपसभामुखले महराको पहिलो राजीनामा पत्र अस्वीकृत गरेपछि बुधबार दिउँसो सोही मितिमा दोस्रो राजीनामा पत्र बुझाएका थिए ।

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार १८:१३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...