back
NMB ad

प्रहरी बढुवामा अब विभूषणको नम्बर गणना नहुने, यस्तो कारण

Kumari bank ad

काठमाडौं । प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषणबापतको नम्बर हटाइएको हो ।

बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप २ नम्बर पाउँछन।

बढुवाकै लागि विभूषण लिन शक्तिकेन्द्रहरूबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।

प्रहरीको नयाँ ऐनको मस्यौदा हाल रायका लागि लोकसेवा आयोगमा छ । जसमा कानुन तथा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ ।

लोकसेवाबाट आएपछि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले बताए । प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ ।

जसमा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ । एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ ।

भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५, बढुवा समितिले दिने ७।५ तथा विभूषणबापत २ नम्बर दिइन्छ ।

कामको आधारमा भन्दा पनि सोर्सफोर्सको आधारमा विभूषण पाउने प्रवृत्ति बढेपछि यसले बढुवामा समस्या ल्याएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

विभूषण पाउन नसक्दा कतिपय प्रहरी बढुवामा पछि पर्ने गरेका छन । सोही कारण यससम्बन्धी प्रावधान संशोधन गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ ।

नयाँ ऐनमा बढुवा सिफारिस समितिको अधिकार पनि कटौतीको प्रस्ताव गरिएको छ । हाल बढुवा सिफारिस समितिले ७।५ नम्बर तथा आइजिपीले ५ नम्बर दिन सक्ने अधिकार छ ।

स्वविवेकी आधारमा सो नम्बर दिइने भएकाले बढुवामा त्यही नम्बरबाट चलखेल हुने गरेको छ । यस्तो स्वविवेकी अधिकार कटौती गरे बढुवामा चलखेल कम हुने गृहको आकलन छ ।

२०७६ असोज १६ गते प्रकाशित

वि.सं.२०७६ असोज १६ बिहीवार ०७:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...