back
NMB ad

एक दर्जन बैंक मर्जर प्रक्रियामा, विकास बैंकको अस्तित्व मेटिँदै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जान दवाव दिएपछि धेरै विकास बैंक प्राप्ति प्रक्रियामा सहभागी भएका छन । धेरै विकास बैंकहरु वाणिज्य बैंकहरुसंग प्राप्ति प्रक्रियामा सामेल हुँदा संख्या घट्दै गएको छ ।

राष्ट्र बैंकको दवावपछि वाणिज्य बैंकहरुले धमाधम विकास बैंकलाई प्राप्ति गर्न थालेका छन । विकास बैंकको अस्तित्व विस्तारै सकिने संभावना बढेको छ ।

यद्यपी अझै पनि २८ ओटा विकास बैंक सञ्चालनमा छन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ मा बैंक तथा वित्तिय संस्थाको पूँजी वृद्धिको योजना ल्याएपछि विकास बैंकहरुको संख्या घट्दै गएको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा ७६ ओटा रहेका विकास बैंक ५० वटा घटेर २८ वटामा सिमित भएका छन । वाणिज्य बैंकको संख्या २८ छ । ग्लोवल आईएमई र जनता बैंक मर्जरमा जाने सहमति गरेकाले २७ मा झर्ने छ ।

असोज १२ गते एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको मर्ज भएर एकिकृत कारोबार सुरु गरेका छन । एनएमबीसंग मर्ज गरेपछि ओमको अस्तित्व समाप्त भएको छ । त्यस्तै, मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्वाएर) गर्न सैद्धान्तिक सहमति भएको छ ।

एक्वायरपछि गण्डकी विकासको पनि अस्तित्व सकिँदैछ । सिटिजन्स बैंकले प्राप्ति गरेपछि सहयोग विकास बैंकको पनि अस्तित्व सकिने छ । प्राइम कमर्शियल बैंकले प्राप्ति गरेपछि कैलाश विकास बैंकको पनि अस्तित्व सकिने छ ।

केही वर्षअघि नै पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन । यी दुईमध्ये एक विकास बैंकको अस्तित्व समाप्त भएको छ ।

साइन विकास बैंक र रेसुंगा विकास बैंक पनि मर्ज भएका छन । दियालो विकास बैंक र प्रोफेशनल डेभलपमेन्ट बैंक,अरनिको डेभलपमेन्ट बैंक र सूर्या डेभलपमेन्ट बैंक र सोसल डेभलमेन्ट बैंकहरुलाई ग्लोवल आईएमई बैंकले प्राप्त गरिसकेको छ ।

सिभिल बैंक र एक्सीस डेभलपमेन्ट बैंक एक आपमा मर्ज भएका छन । विराटलक्ष्मी विकास बैंक र खाँदबारी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, वागेश्वरी विकास बैंक, पूर्वान्चल विकास बैंक र मध्यमान्चल ग्रामिण विकास बैंकको पनि अस्तित्व सकिएको छ ।

यस्तै किस्ट बैंक र प्रभु विकास बैंक र त्रिवेणी विकास बैंक र पब्लिक डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भएका छन ।तिनाउ मिशन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मर्जरको प्रक्रियामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७६ असोज १६ गते प्रकाशित

वि.सं.२०७६ असोज १६ बिहीवार १४:२८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...