Logo

शिक्षकको दशैँ उधारो, विद्यालयले खाता रोक्का गरेपछि आएन तलब

काठमाडौं । विद्यालयको खाता रोक्का गरेपछि शिक्षकलाई दशैं मान्न समस्या भएको छ । खाता रोक्का भएपछि तलब नआउँदा शिक्षक हरुको दशैँ उधारो बनेको छ ।

जिुम्लाको चन्दननाथ नगरपालिकाले ४ विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाले अनामनगरस्थित कर्णाली मावि, चदननाथ नमूना मावि, रत्नचण्डेश्वर मावि र धुपीढुक्कीस्थित भैरव माविको खाता रोक्का गरेको हो ।

नगरपालिकाले ती विद्यालयले नगरको निर्देशन अनुसार व्यवस्थापन समिति गठन नगरेको कारण खाता रोक्का गर्नुपरेको जनाएको छ । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com