back
NMB ad

‘फोर–जी’ ३७ जिल्लाका ६० सहरमा

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमको फोर–जी सेवा ३७ वटा जिल्लामा विस्तार भएको छ । नेपाल टेलिकमका अनु्सार बिहीबारसम्ममा ६० वटा जिल्लामा यो सेवा पुगेको छ ।

फोर–जी सेवाका लागि ८०० मेगाहर्ज र १८०० मेगाहर्जको फ्रिक्वेन्सी ब्यान्ड सञ्चालन गरिएको छ । सेवा विस्तारसँगै २३०० मेगाहर्ज पनि सञ्चालन गर्दै जाने बताइएको छ ।

टेलिकमले प्रयोग गरेको फोर–जी एलटीई एडभान्सड ४.५ जी हो । यसभअघि काठमाडौंमा चलेको भन्दा निकै बढी डाटा स्पिड प्राप्त हुने बताइएको छ ।

परीक्षणको क्रममा हासिल भएको अधिकतम डाटा स्पिड २४७ एमबीपीएस रहेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो ।

सन् २०१६ मा प्रकाशित विश्व विकास प्रतिवेदनले ब्रोडब्यान्ड सेवाको १० प्रतिशत विस्तारले विकासशील देशको कूल गार्हस्थ उत्पादनमा १.३८ प्रतिशत वृद्धि हुने देखाएको थियो ।

काठमाडौं र पोखरामा मात्रै कुल ८ लाख बढी ग्राहक रहेकोमा देशव्यापी विस्तार पश्चात् सो संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

मुलुकमा डिजिटलाइज्ड लाइफ स्टाइल र स्मार्ट सोसाइटीको पूर्वाधार तयार पार्नका लागि फोर–जीले आम जनताको जीवनस्तरको सुधार हुने अपेक्षा पनि गरिएको छ ।

नेपाल टेलिकमका अनुसार धनकुटा, झापा, मोरङ, सुनसरी, बारा, चितवन, धादिङ, धनुषा जिल्लामा यो सेवा पुगेको छ ।यसैगरी दोलखा, काभ्रेपलाञ्चोक, महोत्तरी, मकवानपुर, नुवाकोट, पर्सा, रामेछाप, रसुवा र रौतहटमा पनि फोर–जी पुगेको छ ।
त्यस्तै, सर्लाही, सिन्धुली, बागलुङ, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वतमा पनि फोर–जी सञ्चालनमा आएको छ । रूपन्देही, बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, तनहुँ, मुस्ताङ, लमजुङ, सप्तरी र सिराहामा गरी ३७ जिल्लामा यो सेवा पुगेको छ ।

टेलिकमका प्रवक्ता वैधका अनुसार यो जिल्लाका ६० भन्दा बढी सहरमा फोर–जी सेवा बिहीबार चलेको छ ।

२०७६ असोज १७ गते प्रकाशित

वि.सं.२०७६ असोज १७ शुक्रवार ०८:१३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...