back
NMB ad

सनराइज बैंकको एजिएम कार्तिक १५ गते, बोनस र नगद लाभांशको प्रस्ताव

Kumari bank ad

काठमाडौं । सनराइज बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा कार्तिक १५ गते हुने भएको छ । बैंकले नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ को वार्षक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान बाँडफाँट हिसाब गर्ने र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको साहयक कम्पनी सनराइज क्यापिटलको एकीकृत वित्तिय विवरण छलफल गरी पारित गर्ने, बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न गाभिनको लागि सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतको विषयमा छलफल गर्न बैंकले सभा बोलाएको हो ।

साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमाोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १ गते शेयरधनी दर्ता बन्द गर्ने भएको छ । असोज ३० गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न र लाभांश लिन पाउनेछन ।

२०७६ असोज १७ गते प्रकाशित

वि.सं.२०७६ असोज १७ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...