Logo

श्री इन्भेष्टमेन्टले १३% लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १३% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

हाल श्रीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ छ । प्रस्तावित २.३५% बोनस सेयरपछि पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com