Logo

१२ करोड १२ लाख कित्ता बराबरको आइपिओ आउँदै

काठमाडौं । सेयर बजारमा १२ करोड १२ लाख कित्ता बराबरको आइपिओ आउने भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको हो ।

कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । हालै सम्पन्न साधारणसभाले अनुमोदन गरेपछि तेह्रथुमले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १०%  अर्थात रु ४ करोड र सर्वसाधारणलाई रु ८ करोडको आईपीओ निष्कासन गर्ने भएको हो ।

कूल ७०% प्रवन्धक र ३०% सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु १ अर्ब ३७ करोड रहेको छ ।

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com