Logo

१५०% हकप्रद सेयर बिक्री गर्न एनएमबिले पायो अनुमति

काठमाडौं । एनएमबि लघुवित्तले १५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।  रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ ।

हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ । असार मसान्त सम्ममा एनएमबिले ६ करोड ९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७६ असोज १७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com