back
NMB ad

ढोरपाटन शिकार आरक्षमा सात नाउर र पाँच झारलको शिकार गरिने

Kumari bank ad

बाग्लुङ । ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ ।

विभागले अघिल्लो महीना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । दश नाउर र छ झारलको कोटा रहे पनि शिकारको माग कम आएको विभागले जनाएको छ ।

शिकार कम्पनीबीच विद्युतीय बोलपत्रमा प्रतिस्पर्धा नभएपछि यसपालि राजश्व दर पनि घटेको छ । शिकार कम्पनीले एउटा नाउर शिकारको रु एक लाख ९० हजार राजश्व तिरेको व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगतले बताउनुभयो । झारल शिकारको राजश्व त्योभन्दा अझै कम छ ।

“यस याममा शिकारको माग कम आयो, प्रतिस्पर्धा नहुँदा राजश्व दर पनि घट्यो”, उहाँले भन्नुभयो । अघिल्लो शिकार याम (फागुन–वैशाख)मा एउटा नाउर शिकारको राजश्व रु तेह्र लाख ५१ हजार र झारल शिकारको रु तेह्र लाख ५० हजार राजश्व पुगेको थियो ।

शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व घट्ने हुन्छ । हरेक शिकार याममा राजश्वको दर घटबढ हुने गरेको विभागले जनाएको छ ।

गत वर्षको यही शिकार याम (असोज–मङ्सिर) मा पनि नाउर शिकारको राजश्व रु बाह्र लाख पाँच हजार र झारलको रु नौ लाख २० हजार थियो ।

यस यामका लागि बोलपत्र प्रक्रियाबाट छानिएका शिकार कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा पठाउने तयारी गरेका छन् । आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले दुई सातापछि पहिलो शिकार टोली ढोरपाटन आउने बताउनुभयो ।

“मङ्सिरको अन्तिमसम्ममै शिकार खुला रहन्छ”, उहाँले भन्नुभयो । शिकार कम्पनी ट्रयाक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज, नेपाल वाइल्ड लाइफ एडभन्चर, हिमालयन अउटफिटर, हिमालयन सफारिजल र ग्लोबल सफारिजले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् ।

बोलपत्रबाट छानिएका कम्पनीले अनुमति पाएअनुसार नाउर र झारलको शिकार गराउने गरेका छन् । व्यवस्थित शिकारका लागि आरक्षभित्र छ ‘ब्लग’ तोकिएको छ । यहाँ फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लग छ ।

शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन् । शिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त शिकारी ढोरपाटन आउने गरेका छन।

सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै शिकारीले रु ३० लाखदेखि रु ३५ लाखसम्म शिकारमा खर्चने गरेको बताइन्छ । शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन ।

शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । ढोरपाटनमा वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुला गर्ने गरिएको छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवको लागि ढोरपाटन विदेशी नागरिकको रोजाइमा पर्छ । विसं २०३९ मा स्थापना भएको शिकार आरक्ष देशकै एकमात्र वैधानिक शिकार गन्तव्य हो ।

एक हजार ३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको पहाडी र हिमाली भू–भागमा अवस्थित छ । विभागले वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा छुट्टयाउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।-रासस

२०७६ असोज १८ गते प्रकाशित

वि.सं.२०७६ असोज १८ शनिवार ०७:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...