back
NMB ad

यी कम्पनीले ल्याउँदैछन ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँको आइपिओ (सूचि सहित)

Kumari bank ad

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेका बेला जीवन र निर्जीवन गरी १४ ओटा बिमा कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन ।

आईपीओ ल्याउने मध्ये १० ओटा जीवन, ३ ओटा निर्जीवन र पुर्न्बिमा कम्पनी छन । यी कम्पनीले ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको ८ करोड ७८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

जीवन बिमा व्यवसाय गर्ने १० कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता र निर्जीवनतर्फ ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता रहेको छ । यसैगरी पुर्न्बिमा कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता ल्याउन लागेको छ ।

सबै बिमा कम्पनीको साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन । नेपाल पुर्न्बिमा कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइसकेका छन ।

आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।

यस्तै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन ।

निर्जीवन तर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड छन । रकमको हिसावले सबैभन्दा बढी आईपीओ नेपाल पुनर्विमा कम्पनीको छ । पुनर्विमाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

सिटिजन्सले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियनले ६४ करोड, रिलायन्सले ६३ करोड, सन, आईएमई, सानिमा, महालक्ष्मी, रिलायवल र प्रभु लाइफले ६० ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेका हुन ।

अजोड, सानिमा र जनरल इन्स्योरेन्सले ३० करोडका दरले ९० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएका छन । सञ्चालनमा आएको २ वर्षपछि मात्र आईपीओ निष्कासन गर्न पाइने धितोपत्र सम्बन्धित कानूनी व्यवस्था छ ।

यी सबै कम्पनी सञ्चालनमा आएको २ वर्ष पुग्न लागेको छ । चुत्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेका हुन ।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार ०८:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...