back
NMB ad

बैंकका कर्मचारीको तलब फेरि बढ्न थाल्यो, कुन पदको कति ?

Kumari bank ad

काठमाडौं । सरकारी कर्मचारीपछि बैंकका कर्मचारीको पनि तलब बढाउन थालिएको छ । तलबले थेग्न नसक्ने गरी बजार भाउ बढेकोभन्दै बैंकका कर्मचारीले दवाव दिन थालेपछि तलब बढाउन बैंक व्यवस्थापन बाध्य भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत कर्मचारी, प्रहरी, सेना, शिक्षकलगायतको गत साउन १ गतेदेखि तलब १८ देखि २० प्रतिशतसम्म बढाएपछि बजार भाउ ह्वात्तै बढेको छ । बजार भाउ बृद्धिसँगै निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको तलब बढाउन दवाव परेको हो ।

सरकारी स्वामित्वका बैंकमा साउनदेखि नै तलब बढेको कृषि विकास बैंक लिमिटेडका प्रवत्ता तथा सूचना अधिकृत हिमलाल पौडेलले बताउनुभयो ।

‘माथिल्लो तहका कर्मचारीको तलब १८ प्रतिशत र तल्लो तहका कर्मचारी तलब २० प्रतिशतले बढेको छ,’ उहाँले भन्नुभयो, ‘निजी बैंकहरूले भने सरकारी कर्मचारीको तलब बढेसँगै कर्मचारीको तलब बढाउनु पर्छ भन्ने बाध्यता छैन ।’ तर, सरकारी कर्मचारीको तलब बढेसँगै बजार भाउ उकालो लाग्ने भएकाले निजी बैंकले पनि त्यही अनुसारको तलब बृद्धि गर्ने गरेको पौडेलले बताउनुभयो ।

वाणिज्य बैंकहरूले बढी तलब बृद्धि गर्ने गरेका छन नेपाल न्युजडटकमले समाचार प्रकाशित गरेको छ । केही विकास बैंक र वित्त कम्पनीले पनि तलब बढाएका छन ।

बजार भाउ बृद्धिसँगै कतिपयले बैंक सञ्चालक समिति आफैले तलब बढाइ दिएका छन । कतिपयमा भने कर्मचारी युनियनले दवाव दिनु परेको छ । यद्यपि कुन पदको कति बढ्ने भन्ने खुलाएको छैनन् ।

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार ०८:०४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...