back
NMB ad

ल हेर्नुहोस् ! नेपालमै जागिर गरेर दैनिक ५७ हजार तलबभत्ता

Kumari bank ad

काठमाडौं । नेपालमै जागिर गर्नेले दैनिक रु ५७ हजार तलबभत्ता पाउने गरेको तथ्य सार्वजनिक भएको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले तलबभत्ता बापत दैनिक रु ५७ हजार ९३ तलब भत्ता पाउने गरेको सार्वजनिक भएको हो ।

दाहालले गत आर्थिक वर्षमा तलबभत्ता र सेवा सुविधा गरी बैंकबाट २ करोड ८ लाख ३९ हजार रुपैयाँ लिएका थिए । उक्त रकमलाई मासिक रुपमा हिसाव गर्दा १७ लाख ३६ हजार ५ सय ८३ र दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ हुन्छ ।

आयबापत गत वर्ष राज्यलाई ३६ प्रतिशत कर तिरेका सीइओ दाहालले सरकारलाई गतवर्ष ७० लाख रुपैयाँ कर तिरेका छन ।
बैंकका अन्य कर्मचारीले पनि राम्रो तलबभत्ता पाउँछन ।

माथिल्लो तहका कर्मचारीले ४/५ लाखसम्म र तल्लो तहका कर्मचारीले ३५र४० हजार रुपैयाँ पाउने बैंकले जनाएको छ ।बैंकले सार्वजनिक गरेको विवरण अनुसार गतवर्ष कर्मचारीहरुका लागि तलबभत्ता, बोनस र अन्य सुविधा गरी गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ९७ लाख ६७ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको छ ।

बैंकमा गत असार मसान्तसम्ममा ९ सय ६२ जना कर्मचारी थिए । गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद नाफा कमाएको सानिमाले सेयरधनीहरुलाई १० प्रतिशत वोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

२०७६ असोज ३० गते प्रकाशित

वि.सं.२०७६ असोज ३० बिहीवार १४:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...