back
NMB ad

केपी ओली नै ५ वर्षको प्रधानमन्त्रीः दिनानाथ शर्मा

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठेपनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन् । वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो । यसमा कुनै द्धिविधा छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले मन्त्रिमण्डल पूनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए । तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निश्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकोले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने,‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाई हाम्रा शीर्ष नेताहरुमा आएको छ । तर, यसको निर्णय त प्रधानमन्त्रीज्यूले गर्ने हो । कहिले हुन्छ मलाई थाहा छैन् ।’

नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । उनले भने,‘संविधानमा भएको व्यवस्थाबमोजिम हामी सभामुख र उपसभामुखको निर्वाचन गर्छौं । यो ठूलो विवाद र समस्याको विषय होईन् । सकेसम्म निर्वाचन नहोस भन्ने हाम्रो चाहना छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिकै प्रयत्न गर्नुपर्छ ।’
पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् । ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भयो, यो हामी सबैको लागि सुखद कुरा हो । उहाँको भ्रमण शानदार रुपमा सफल भएको र उपलब्धिमूलक रहेको छ।’–उनले थपे ।

सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमणको क्रममा सरकारले परिपक्व कुटनीति र व्यवहार प्रस्तुत गरेको पनि भन्दै उनले सरकारलाई बधाई दिए । उनले भने,‘सरकारले उच्चस्तरीय भ्रमणको लागि परिपक्व व्यवहार देखायो, यो खुशीको कुरा हो । यस प्रकारका उच्चस्रतीय भ्रमण गराउन नेपाल सरकार सक्षम छ भन्ने सन्देश प्रवाह भएको छ ।’ शर्माले नेपालको विकास र समृद्धिमा चीनले सुरुदेखि नै सहयोग र टेवा पुर्याउँदै आएको पनि सम्झिए । चीनको निःशर्त अनुदानमा नेपालमा भृकुटी कागज कारखाना र बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएपनि पछि यसलाई बेचेको पनि उनले सुनाए । उनले भने,‘हामीले चीनको सहयोगलाई सदुपयोग गर्न सकेनौं भन्नेबारे अहिले प्रश्न उठेको छ । चीनले नेपालमा निर्वाध रुपमा लगानी गर्न चाहेको पनि उनले सुनाए । यद्धपी चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको उनको भनाई छ । उनले भने,‘नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले पनि यो कुरा दोहोर्याउनुभएको छ । चिनियाँ पक्ष अहिले नेपालमा नेपाल–चीन संयुक्त लगानीमा अघि बढ्न चाहन्छ ।’
नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपालको जलविद्युतको विकासमा पनि भारत, चीन र नेपालको लगानी हुनुपर्ने कुरा उठाएको शर्माले जानकारी दिए । उनले नेपालको हितमा भारत र चीन दुवै देशको सहयोग रहँदै आएकोले आगामी दिनमा पनि यही किसिमको सहयात्रा जारी राख्नुपर्ने र समझदारी कायम गर्नुपर्नेमा जोड दिए ।

शर्माले वर्तमान सरकार गठन भएपनि यसले अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो र सुदढ बनाएको दाबी गरे । उनले भने,‘सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वासको वातावरण बनाएको छ । पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणहरु आदानप्रदान हुन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएको छ । यो ठूलो उपलब्धि हो ।’ पछिल्लो समय नेपाल–भारत र नेपाल–चीनबीच भएका द्धिपक्षीय सम्झौताहरु पनि समय सिमा भित्रै कार्यान्वयन तर्फ अघि बढिरहेको उनले उदाहरण पेश गरे । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा गरेको पेट्रोलियम पाईपलाईनको सम्झौता शिलान्यास गरेको र तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएको भन्दै सम्झौता कार्यान्वयनमा देखिएको तत्परताको शर्माले प्रशंसा गरे ।

नेपालले केही समयपछि विद्युत बढि भएर बेच्नुपर्ने अवस्था आउन लागेको सुनाउँदै उनले यसको लागि तयारी गरिरहेको पनि बताए । अन्तरदेशीय प्रशारण लाईनमा जोड्नको लागि पनि सहज हुने बताउँदै बढि भएको विद्युत बंगलादेशलाई बेच्नेपनि सरकारको तयारी रहेको शर्माको भनाई छ । उनले भने,‘कुन मोडालिटीमा बेच्ने भन्नेबारे कुराकानी भैरहेको छ ।’ त्यस्तै, उनले भारतीय कम्पनीद्धारा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजनाको कामपनि अहिले सन्तोषजनक रुपमा अघि बढेकोमा खुशी व्यक्त गरे । उनले भने,‘अहिले २५ प्रतिशत काम सम्पन्न भएको खबर आएको छ, यो खुशीको कुरा हो । भारतीय कम्पनीले नेपालमा तदारुकताका साथ काम अघि बढाईरहेका छन् ।’ शर्माले नेपालमा लगानी गर्न भारतीय कम्पनीहरु निकै ईच्छुक रहेको बताए । सरकारको तर्फबाट भारत र चीनसँगमात्रै नभएर अरु देशसँगपनि सम्बन्ध सुमधुर र माथि उठाउने काम भएको उनको विश्वास छ ।

वर्तमान सरकारले धेरै राम्रो र सन्तोषजनक काम गरिरहेको शर्माको दाबी छ । सरकारले अघिल्लो सरकारले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुलाई पनि प्राथमिकताका साथ अघि बढाएको र समयमै काम सम्पन्न गर्नतर्फ ने सरकार बढि केन्द्रित रहेको उनले स्पष्ट पारे । यातायात क्षेत्रमा धेरै सुधार भएको उनको दाबी छ । त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामपनि हिजोकै सरकारले अघि बढाएको काम भएको र यसलाई वर्तमान सरकारले निरन्तरता दिएको उल्लेख गर्दै शर्माले अघिल्लो सरकारले अघि बढाएको काम सरकारले बेवास्ता गरेको छ भन्न नमिल्ने तर्क गरे ।

उनले नेपालमा रेलमार्गको कुरा गर्दा हाँसोको विषय बनाईएपनि पनि यो आवश्यकत्ता भएको बताए । सरकारले पूर्व–पश्चिम रेलमार्गको लागि द्रुत गतिमा काम अघि बढाईरहेको बताउँदै सडकमार्गका कामपनि त्यही गतिमा भैरहेको उनले स्पष्ट पारे । सरकारले राम्रो गर्ने प्रयत्न गरेको भन्दै सुशासनको क्षेत्रमा पनि त्यही अनुभुति हुनेगरि काम भएको उनको दाबी छ । शर्माले १२ वर्षअघिका अपराधिक कर्म गर्नेहरु अहिले धमाधम कानुनको कठघरामा उभिएको उदाहरण पेश गरे । सत्ताको आडमा अपराध कर्म र भ्रष्टाचार गरेपनि ५० वर्षपछि पनि दोषी कारवाहीको दायरामा आउने उनको विश्वास छ । उनले भने,‘अपराध गर्नेलाई माफी दिनुहुँदैन् । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ प्रतिपक्षीले पनि सरकारका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भनेर खबरदारी गर्नुपर्ने उनको सुझाव छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताए । उनले भने,‘अहिले सभामुख पद रिक्त छ, नेपालको संविधानले पनि सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङको हुनुपर्छ भनेर व्यवस्था गरेको छ । हाम्रो पार्टी सभापतिले शेरबहादुर देउवाले भनेजस्तै हामी सभामुखमा उम्मेद्धवारी दिन्छौं ।’ 

नेता बस्नेतले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको बताए । उनले भने,‘उहाँको भ्रमणको क्रममा सडक, हाईड्रोदेखि रेलसम्म सम्झौता भएका छन् । यो महत्वपूर्ण कुरा हो । तर, सहमति भएरमात्रै हुँदैन, कार्यान्वयन पक्षलाई पनि कडाईका साथ अघि बढाउनुपर्छ ।’ परिस्थिति हामीले सोचेभन्दा फरक छन् । हामीले त कार्यान्यवन पक्ष हेर्नुपर्छ ।’ कुन–कुन परियोजना कसरी अघि बढाउने भन्नेबारे सरकारले प्राथमिकीकरण गर्नुपर्ने उनको जोड छ ।

बस्नेतले नेपालले सडक सञ्जाललाई बढि प्राथमिकता दिनुपर्ने बताए । उनले भने,‘नेपालमा रेल बहुचर्चाको विषय बनाईयो । प्रधानमन्त्रीले त यसलाई प्रतिष्ठाको विषय नै बनाउनेगरि भाषणबाजी गर्नुभयो । अहिले चिनियाँ राष्ट्रपति आउँदा यसको सर्वेसम्म गर्ने कुरा उठेको छ । रेलबारे मेरो भनाई के हो भने यो धेरै खर्चिलो परियोजना हो । यसको लागि चार खर्बको हाराहारीमा पैसा लाग्छ ।’

चिनियाँ राष्ट्रपतिले नेपाललाई भुजडित हुने कुरा गर्नु महत्वपूर्ण भएको बताउँदै यसको लागि उनले चिनियाँ सरकारलाई र राष्ट्रपति सीलाई विशेष धन्यवाद व्यक्त गरे ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...