back
NMB ad

बाह्य लगानी जुटाउने वातावरण बनाइनुपर्छ: पूर्व प्रधानमन्त्री नेपाल

Kumari bank ad

काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।

गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने उहाको धारणा थियो ।
‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भन्नुभयो ।

समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका प्रमुख वक्ता नेपालले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
‘विकसित मुलुकहरु अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपाईहरुले देख्नुहुन्छ बाटोको निर्माण । उनीहरुले पछि (१/२ सय) वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको छ । तर हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेपालले बताउनुभयो ।
हामीले सयवर्षभित्र ८ लेनको वा १२ लेनको बाटो चाहिन्छ भने अहिल्यै १२ लेनको बाटो बनाउने होइन तर जग्गा भने छुट्याउनुपर्दछ । अहिले २ लेनको मात्र आवश्यक छ भने २ लेनको मात्र बनाउनुपर्छ आवश्यकता अनुसार त्यसलाई थप्दै थप्दै जानुपर्ने उहाको भनाई छ ।
उहाँले एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरन नेता डा.देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव राख्नुभएको थियो । पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि पूर्वाधार र अन्य वातावरण हुनुपर्ने बताउनुभयो ।

त्यस्तै एनआरएन अष्ट्रेलियाका नेता देवबहादुर गुरुङ्गले नेपाल र नेपालीमाझ आफूहरु जहा रहेपनि सदा सेवा गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा चौलागाईंले गर्नुभएको थियो ।

२०७६ कात्तिक ०३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...