back
NMB ad

प्राकृतिक अस्पताल काठमाडौँ नेचुरोपेथी अत्याधुनिक सुविधासहित संचालनमा

Kumari bank ad

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्साको क्षेत्रमा अत्याधुनिक सेवा–सुविधासहित काठमाडौँ नेचुरोपेथी अस्पतालले सेवा शुभारम्भ गरेको छ ।

काठमाडौँको बसन्धुरा चोकमा स्थापित यस अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैह्रेले बताउनुभयो ।

डा. गैह्रेका अनुसार, यस अस्पतालमा विशेषगरी दीर्घकालिन रोगहरु कम्मर, गर्दन घुँडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने तथा नशा सम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नी सम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।

अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, भीआइपी आवास कक्ष रहेको काठमाडौँ नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार, बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक सुरु गरेको छ ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...