back
NMB ad

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट अमेरीका । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, त्रीभुवन बिश्व बिद्यालयका पूर्व उपकुलपती तिर्थ खनीयाको प्रमुख आतित्थ्यता तथा हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको बिशेष आतिथ्यतामा, लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरु का माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रीपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथी डा. खनियांले दशै, तिहार र छटको शुभकामना दिदै, नेपाल देखि यती टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए । उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै, प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदुतको संज्ञा दिए । प्रवासमा रहेका नेपालीबाट देशमा नयां प्रविधी ल्याइ बिकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा बिशेष अतिथी नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम बिश्वकर्मा, संस्थाका पूर्व अध्यक्ष द्धय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा संस्कृतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी लोकगायक भगवान भण्डारी तथा स्थानिय कलाकारहरु निर्मला साप्कोटा र रिता ज्ञावाली बिच दोहोरी गीत सञ्चालन गरि दर्शकहरुलाई नयां स्वाद पस्कने प्रयास गरिएका थियो । कार्यक्रमको अन्त्यमा गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनीमा गेट, फुलमा भमरा, बनमा कांडा छ जस्ता गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।

कार्यक्रम गर्न तोकीएको सेन्चुरी मीडील स्कुल ईमरजेन्सी सट डाउन गर्नु परेको कारण अन्तिम घडीमा कार्यक्रम हुने स्थान परिवर्तन गरि वेस्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा तोकीएको समय भन्दा २ घण्टा पछाडी कार्यक्रम संचालन गरिएको थियो । आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारी द्धयले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अथिती र बिशेष अतिथी लगायतका अतिथीहरुलाई अध्यक्ष बिनोद त्रीपाठीले खादा लगाई दिई स्वागत गरेका थिए

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई दशै, तिहार र छटको शुभकामना दिदै महासचिव विनय दाहाल र अध्यक्ष बिनोद त्रीपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफलपार्न बिशेष सहयोग गर्ने याक एण्ड यतीका संचालक दिनेश भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...