Logo

संसारको सबभन्दा महंगो चकलेट सार्वजनिक, किलोको सात लाख रुपैयाँ !

काठमाडौं । इन्टरनेसनल ट्रेड सेन्टरले संसारको सबभन्दा महंगो चकलेट सार्वजनिक गरेको छ । त्यसको मूल्य किलोको सात लाख रुपैयाँ छ ।

कम्पनीले ट्रिनिटी ट्रुफल्स एक्स्ट्राओर्डिनेयर नामबाट चकलेट मंगलवार सार्वजनिक गरेको हो । संसारको सबभन्दा महंगो चकलेट भनी यसको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा पनि दर्ता गरिएको छ ।

आईटीसीका चिफ अपरेटिङ अफिसर (फूड डिभिजन) अनुज रस्तोगीले १५ वटा क्यान्डीको बक्स एक लाख ६० हजार रुपैयाँमा किन्न पाइन्छ ।

एक क्यान्डीको मूल्य लगभग १० हजार ६८८ रुपैयाँ जति पर्छ । प्रत्येक क्यान्डीको तौल १५ ग्राम छ । ती क्यान्डीहरू हातैले बनाइएको काठको बाकसमा उपलब्ध हुनेछ ।

यो चकलेट फ्रान्सका प्रसिद्ध शेफ फिलिप कोन्टिसिनी र फ्याबेलका मास्टर चकलेटियरले मिलेर तयार पारेको छ । –एजेन्सी

२०७६ कात्तिक ०६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com