Logo

किन दिन्छन् नेपालका सिमेण्ट उद्योगले चाँदी ? यस्तो छ कारण

काठमाडौं । नेपालका सिमेण्ट उद्योगहरुले चाँदीको सिक्का उपहार दिने योजना ल्याएका छन । उद्योगहरुले विक्रि प्रवद्र्धनका लागि चाँदीको सिक्का उपहार दिने योजना ल्याएका हुन ।

निर्माणको ‘सिजन’ सँगै सिमेण्ट उद्योगहरुले ग्राहक आकर्षित गर्न चाँदीको सिक्का दिने योजनामा प्रतिस्पर्धा गरेको देखिन्छ ।

शुरुमा शिवम् सिमेण्टले कात्तिक १ गतेदेखि चाँदीको सिक्का उपहार ल्याउने भएपछि मारुती र अर्घाखाँची सिमेण्टले पनि यो योजना ल्याएका छन ।

शिवम्ले २५ बोरा सिमेण्ट खरिदमा १० ग्राम चाँदीको सिक्का उपहार दिने योजना ल्याएको थियो । त्यस्तै ५० बोरामा २२ ग्राम र १०० बोरामा ५० ग्राम चाँदिको सिक्का दिने योजना शिवमको छ ।

त्यसलगत्तै कात्तिक ३ देखि मारुतीले ‘चाँदीको झिलिमिली’ योजना भन्दै २१ बोरा खरिदमा १० ग्राम चाँदीको सिक्का दिने योजना ल्यायो ।

अर्घाखाँची समेण्टले पनि सोही दिन नै २० बोरा सिमेन्टको खरिदमा १० ग्राम बराबरको चाँदीको सिक्का दिने योजना ल्यायो ।
मारुतीको योजना कात्तिक १६ गतेसम्मका लागि अर्घाखाँचीको कात्तिक ९ गतेसम्मका लागि योजना कायम रहने बताएका छन ।

२०७६ कात्तिक ०७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com