back
NMB ad

नेपालमै बन्यो लोन ओरिजिनेसन सफ्टवेयर, के–के काम गर्छ त यसले ?

Kumari bank ad

काठमाडौं । एक्समार्ट प्वाइन्ट टेक्नोलोजीज्ले नेपाली बैंक तथा वित्तिय संस्थाको विस्तृत अध्ययन गरेर सबै खाले कर्जा प्रक्रियालाई सहयोगी हुने एक्समार्ट क्रेडिट सफ्टवेयर विकास गरेको छ ।

यसले सबै खाले ऋण जारी गर्दा क्रेडिट कार्ड, व्यक्तिगत ऋण, विजनेस लोन, कर्पोरेट लोनका लागि उपयुक्त हुनेछ । बैंक तथा वित्तिय संस्थाका लागि पूर्ण सहयोगी सफ्टवेयरमा ऋण ओरिजिनेसन, व्यवस्थापन, कर्जा प्रस्ताव उत्पादन, स्वीकृति प्रक्रिया तथा सबै सुरक्षासम्बन्धी दस्तावेज (अफर लेटर तथा लिखत) हरु उत्पादन गर्नेछ ।

यो सफ्टवेयरले सयभन्दा बढी प्रकारका एमआइएस तथा इन्टिलिजेन्ट रिपार्टहरु दिन्छ । जसले संस्था र कर्मचारीहरुलाई निर्णय प्रक्रिया, प्रोसेस ट्रयाकिङलाई सजिलो बनाउने बताइएको छ ।

सफ्टवेयरले प्रयोगले वित्तिय संस्थाले धेरै छोटो समयमा त्रुटीरहित ऋण स्वीकृत गर्न सक्छन् । जसले गर्दा ग्राहक सन्तुष्टि पनि धेरै नै हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय आचार्यका अनुसार, नेपाली बैंक तथा वित्तिय संस्थाले धेरै खर्च गरेर विदेशी सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपाली सफ्टवेयर प्रयोग गर्न सकिने बताउँछन् । नेपालमै बनेको यस खालको यो पहिलो सफ्टवेयर हो ।

’हामी छिटै नै यो सफ्टवेयर लिएर बजारमा जाँदैछौं,’ उनले भने, ’एक्समार्ट क्रेडिट मोडर्न डेभलपमेन्ट टेक्नोलोजी प्रयोग गरेर सुरक्षित प्रविधि विकास गरेका छौं ।’

उनले नेपाली वित्तिय संस्थालाई नै विस्तृत अध्ययन गरेर यो सफ्टवेयर विकास गरिएकाले नेपाली बैंक तथा वित्तिय संस्थाका लागि उपयोगी हुने उनको भनाई छ । -अन्नपुर्णपोष्टबाट

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १३:४५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...