Logo

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन बागलुङका युवाले गरे मोटरसाइकल यात्रा

बागलुङ। आन्तरिक भ्रमण वर्ष २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङका युवा पर्यटन पर्यटन प्रवर्धनमा जुटेका छन् ।

जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न शनिबार बागलुङ कालिका मन्दिरदेखि पर्यटकीय स्थल गाजाको दहसम्म मोटरसाईकल यात्रा गरिएको छ ।

यात्रामा एक सय बढि मोटरसाईकलमा युवाहरुको सहभागिता रहेको थियो । मोटरसाइकल यात्रा कालिका मन्दिरदेखि, बागलुङ बजार, सिगानको बेसी, बलामकोट, बौडेचौर र चापाखर्क हुँदै गाजाको धुरीमा पुगिएको थियो । यात्रामा सहभागिहरुलाई स्थानीयले फुलमालासहित स्वागत गरेका थिए ।

स्थानीय स्थलहरुको चिनारी गराउन बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नारासहित गाजाको दहसम्म मोटरसाईकल यात्रा गरिएको यात्राका संयोजक एवं सामुदायिक घरबास गाजा दहका अध्यक्ष खिमबहादुर क्षत्रीले बताए ।

जिल्ला पर्यटन विकास समिति बागलुङ र घुमन्ते दि अमेजिन ट्राभल्सको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

सरकारले तय गरेको एक सय पर्यटकीय गन्तव्यहरुको सूचीमा रहेको कालिका मन्दिर र गाजाको दहलाई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मोटरसाईकल यात्राले सहयोग पुगेको जिल्ला प्रयर्टन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

सामुन्द्रिक सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा रहेको गाजाको दह तथा चापाखर्कबाट धौलागिरी हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमाललगायतका हिमाहरुको दृश्वअवलोकन गर्न सकिनेछ ।

२०७६ कात्तिक १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com